ad ad

ग्लोबल


इरानमा ३० वर्षीय युवकद्वारा आफ्नै बुवाआमासहित परिवारका १२ सदस्यको गोली हानी हत्या

इरानमा ३० वर्षीय युवकद्वारा आफ्नै बुवाआमासहित परिवारका १२ सदस्यको गोली हानी हत्या

नेपालखबर
फागुन ६, २०८० आइतबार १३:२५, काठमाडौँ

इरानको सरकारी मिडियाका अनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानी हत्या गरेका छन्। 

इरानमा यस्तो फायरिङ दुर्लभ घटना हो।

रिपोर्टका अनुसार यो घटना केरमान प्रान्तमा भएको हो।

यहाँ एक ३० वर्षीय युवकले कलाश्निकोभ राइफलले आफ्नै बुबा र भाइसहित परिवारका १२ जनाको हत्या गरेका हुन्। 

घटनापछि आक्रमणकारीलाई पनि सुरक्षा बलले मारेको छ। 

इरानमा यस्ता गोलीबारीका घटना विरलै हुने गरेका छन्।

यहाँ सर्वसाधारणले सिकारका लागि मात्र बन्दुक राख्न पाउँछन्। सर्वसाधारणले स्वचालित हतियार बोक्न पाउँदैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .