सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।
नयाँरोड बरहथवा सडक खण्डमा पर्ने बरहथवा ९ मुर्तियामा ना २ त ७५२५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा बाराको पचरौता नगरपालिका ५ घर भएका ५० वार्षीय भुवन महतो छन्।
दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारको लागि बरहथवामा रहेको एक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
57
Shares
प्रतिक्रिया