जापानको तटीय क्षेत्रनजिकै एक दक्षिण कोरियाली ट्यांकर डुब्दा ८ नाविकको ज्यान गएको छ।
दुर्घटनामा एक जना घाइतेको उद्धार गरिएको र दुई जना हराइरहेको जापानी तटरक्षक बलले बताएको छ। उनीहरुको खोजी जारी छ।
बुधबार बिहान ७ बजे ट्यांकरको चालक दलका सदस्यले रेडियोमार्फत सहयोग मागेका थिए।
चालक दलमा दुई कोरियाली, आठ इन्डोनेसियाली र एक चिनियाँ नागरिक भएको बताइएको छ।
सो क्षेत्रमा दुर्घटनाको समय प्रतिघण्टा ५४ किमिको गतिमा हावा चलेको बताइएको छ। एजेन्सी
246
Shares
प्रतिक्रिया