अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोरस्थित पुलमा पानीजहाज ठोक्किएपछि भएको दुर्घटनामा उद्धार गर्ने क्रम अहिलेलाई रोकिएको छ।
अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले नदीमा खसेर बेपत्ता ६ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।
जहाजको ठक्करले पुल भत्किँदा पुलको खाल्डो भर्ने काममा व्यस्त रहेका उनीहरू नदीमा खसेका थिए।
उनीहरू सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरू जीवितै हुने सम्भावना कम रहेको बताइएको छ।
With a runaway cargo ship bearing down on one of Baltimore harbor's busiest bridges, local police had just moments to react to a last-ditch Mayday call from its crew.
Police radio dispatches captured the panic as the bridge collapsed https://t.co/Rt5c3O7KBS pic.twitter.com/R3umDyxnn9— AFP News Agency (@AFP) March 26, 2024
बीबीसीका अनुसार स्थानीय समय मंगलबार राति १:३० बजे बाल्टिमोर सहरस्थित ‘फ्रान्सिस स्कट कि ब्रिज’मा पानीजहाज ठोक्किँदा पुलको ठूलो भाग भत्किएको हो।
बाल्टिमोर बन्दरगाहबाट मंगलबार राति १२:४४ बजे श्रीलंकातर्फ गइरहेको जहाज बाटो बिराएर पुलको स्तम्भमा ठोक्किन पुगेको थियो।
पानीजहाजको ठक्करले बाल्टिमोरस्थित पुल भत्किँदै गरेको भिडिओ हेर्नुहोस्–
Shares
प्रतिक्रिया