भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन एनडीएले सबैभन्दा बढी मत पाउने एक सर्वेक्षणले देखाएको छ।
मंगलबार सार्वजनिक भएको एबीपी न्युज–सीभोटर अपिनियन पोलको नतिजाअनुसार भाजपा नेतृत्वको एनडीएले उत्तर प्रदेशमा ५२ प्रतिशत पाउनेछ।
विपक्षी इन्डिया गठबन्धनले भने ३६ प्रतिशत मत प्राप्त गर्ने देखिएको छ।
उत्तर प्रदेश राजनीतिक रुपले भारतको सबैभन्दा महत्त्वपूर्ण राज्य हो। किनकि ५४३ सदस्यीय लोकसभाका ८० सांसद यहीँबाट चुनिन्छन्।
२०१९ मा सो गठबन्धनले यहाँ ५१.२ प्रतिशत मत जितेको थियो। त्यति मत पाउँदा सो गठबन्धनले ६४ सिट जितेको थियो।
यसपटक मोदीले ४ सय सिट जित्ने दाबी गरिरहेका छन्।
सर्वेक्षणमा सहभागीमध्ये ४२ प्रतिशतले मोदी सरकारप्रति ठूलो सन्तुष्टि प्रकट गरेका थिए भने २७ प्रतिशत कम सन्तुष्ट र २९ प्रतिशतले असन्तुष्टि व्यक्त गरेका थिए।
त्यस्तै ६२ प्रतिशतले मोदीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेका थिए भने २४ प्रतिशतले विपक्षी नेता राहुल गान्धी रोजेका थिए। एजेन्सी
Shares
प्रतिक्रिया