ad ad

ग्लोबल


इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु

इजरायली हमलामा हमासका वरिष्ठ नेता हानियाको मृत्यु

हानिया


रासस/एएफपी
साउन १६, २०८१ बुधबार १३:११, तेहरान

हमासले बुधबार नयाँ इरानी राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि आफ्ना राजनीतिक विभाग प्रमुख हानियाको इजरायली आक्रमणमा मृत्यु भएको बताएको छ।

‘हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उनको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ’, हमासले विज्ञप्ति जारी नेता हानियाको मृत्युको पुष्टि गरेको छ।

इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अङ्गरक्षक मारिएको पुष्टि गरेको छ। 

‘तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको छ’, इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ।

हानिया मङ्गलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान आएका थिए।

इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।

सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखका रूपमा निर्वाचित भएका थिए।

व्यावहारिकतावादी मानिने हनिया प्राय: टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ।

हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ।

इजरायली कब्जाकोविरुद्ध पहिलो प्यालेस्टिनी विद्रोहीका रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उनी यस समूहमा सामेल भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .