ad ad

ग्लोबल


जयंशकरले भने : हसिनाले अपर्झट भारत आउने अनुमति मागिन्

जयंशकरले भने : हसिनाले अपर्झट भारत आउने अनुमति मागिन्

नेपालखबर
साउन २२, २०८१ मंगलबार १६:२,

भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले अपर्झट भारत आउने अनुमति मागेको बताएका छन्।

बंगलादेशको परिस्थितिबारे संसदलाई जानकारी गराउँदै जयशंकरले यस्तो बताएका हुन्।

‘५ अगस्तमा कर्फ्युका बाबजुद प्रदर्शनकारी ढाकामा जम्मा भए। सुरक्षा संयन्त्रसँगको बैठकपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा गर्ने निर्णय लिइन्। एकदमै छोटो समयमा उनले अहिलेका लागि भारत आउन अनुमति मागिन्। सँगसँगै उडान अनुमतिका लागि पनि अनुरोध आयो। हिजो साँझ उनी दिल्ली आइपुगिन्,’ जयशंकरले भने।

बंगलादेशको घटनाक्रम विकसित हुँदैगरेको उनको भनाइ थियो। जहाँ ९ हजार विद्यार्थीसहित १९ हजार भारतीय रहेको उनको भनाइ छ।

‘अल्पसंख्यकको अवस्थाबारे हामी निगरानी गरिरहेका छौँ, उनीहरूको संरक्षणको प्रयास भएको रिपोर्ट छ। त्यसलाई हामी स्वागत गर्छौं, तर देखिनेगरी कानुन व्यवस्था स्थापित नहुञ्जेल हामी चिन्तित रहन्छौँ,’ उनले थपे।

जयंशकरले बंगलादेशबारे मंगलबार बिहान सर्वदलीय बैठकलाई पनि जानकारी गराएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .