ad ad

ग्लोबल


सुरक्षा गार्डमाथि मलेसियामा कुटपिटः के भन्छ मलेसियन प्रहरी?

सुरक्षा गार्डमाथि मलेसियामा कुटपिटः के भन्छ मलेसियन प्रहरी?

नेपालखबर
साउन १७, २०७७ शनिबार १२:३९,

मलेसियामा एक सुरक्षा गार्ड कुटिएको विषयमा त्यहाँको प्रहरीले अनुसन्धान थालिसकेको छ।

प्रारम्भिक अनुसन्धानमा कुटाई खाने सुरक्षा गार्ड नेपाली भएको मलेसियन प्रहरीले बताएको छ।

क्वालालम्पुरको वाग्सा मजु भन्ने स्थानमा भएको उक्त घटनाको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको थियो।

भिडियोमा एक व्यक्तिले नेपाली भनिएका सुरक्षा गार्डलाई निर्मम तरिकाले कुटेका छन। उक्त घटना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा कुट्ने व्यक्तिलाई कारवाही हुनुपर्ने जोडदार माग उठेको छ।

मलेसियास्थित नेपाली दूतावासले पनि उक्त घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीलाई उजुरी गरिसकेको जनाएको छ।

‘मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक सञ्जालमा आएको भिडियो सम्बन्धमा नेपाली दूतावास क्वालालम्पुरको गम्भीर ध्यानाकर्षण भएको छ,’ दूतावासले फेसबुकमा लेखेको छ, ‘सो घटनाको थप अनुसन्धानका लागि मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ।’

क्वालालम्पुरको वाग्सा मजु प्रहरीका प्रमुख सुपरिटेन्डेन्ट राजाव अहमद स्माइलले अनुसन्धानका क्रममा उक्त घटना कार पार्किङमा भएको बताएका छन।

‘घटनामा कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको र सुरक्षा गार्ड नेपाली नागरिक भएको विश्वास गरिएको छ,’ उनले स्थानीय सञ्चारमाध्यमले भनेका छन, ‘हामीले अनुसन्धान सुरु गरेका छौं। उक्त घटनासँग सम्बन्धित या कसैलाई घटनाबारे जानकारी छ भने हामीलाई सहयोग गर्न सबैलाई अनुरोध गर्दैछौं।’

प्रहरीमा जाहेरी दिन भने अहिलेसम्म कोहीपनि पीडीत आएको छैन। कुट्ने र कुटाइखाने व्यक्तिबारे पनि केही सार्वजनिक भएको छैन। 

शुक्रबार सार्वजनिक भएको एक ४४ सेकेन्डको भिडियो भाइरल बनेको थियो। जसमा एक व्यक्तिले एक सुरक्षा गार्डलाई लगातार थप्पड र छडिले हिर्काइरहेका छन। मलेसियामा अधिकांश सुरक्षा गार्डका रुपमा नेपालीले काम गर्ने भएकाले ती पीडित पनि नेपाली भएको धेरैको अनुमान छ। यद्यपी यसको पुष्टि हुन बाँकी छ।

प्रहरी अधिकारी राजावले उक्त घटना अमानवीय र अस्वीकार्य भएको बताएका छन। घटनाबारे नेपाली दूतावाससहित सेक्युरिटी इन्डष्ट्री एसोसियसन अफ मलेसियाले पनि उक्त घटनाको दोषीलाई कारवाहीको माग राख्दै प्रहरीमा जाहेरी दर्ता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .