ad ad

ग्लोबल


विश्वभर कोरोना संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त

विश्वभर कोरोना संक्रमित नेपालीमध्ये ९१ प्रतिशत संक्रमणमुक्त

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ८:३८,

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन्।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन्।

कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ।
समितिका अनुसार कोरोना भाइरसका कारणले हाल सम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना र यस्तै युकेमा ६९ जना र भारतमा ४० जना नेपालीको निधन भएको छ।

भारतमा निधन भएका ४० जना मध्ये १० जना महिला भएको नयाँ डिल्लीस्थित अलइन्डिया इन्टिच्यूट अफ साइन्समा कार्यरत डा. सागर पौडेलले जानकारी दिएका स्वास्थ्य समितिले जनाएको छ।

समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता स्पेन, युके, यस्तै युएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ। यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्बे पनि थपिएको छ।

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये १ लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत रहेको छ।

नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत ३२ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ।

जाडो मौसम सुरु भएका विभिन्न मुलुकमा इन्फ्लुएञ्जा, फ्लू लगायतका स्वास्थ समस्या समेत देखिने भएकोले त्यसतर्फ समेत सचेत रहन डा सापकोटाले अनुरोध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .