ad ad

समाज


इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ८:३३,

शनिबार सो हमला भएको थियो। उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ।

शनिबार साँझ इराकको सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो।

सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए। त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ।

यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ। इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ। उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ।

त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ। सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष गरेर हमला गर्ने गरेको छ।

शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .