इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारले आगामी २४ घण्टामा युद्धविरामको समय घोषणा हुने जनाएको छ।
इजरायल–गाजाबीचको युद्धविराम चार दिनसम्म लागू हुने र ‘अझै लम्बिन सक्ने’ पनि उसले बताएको छ।
हमासले इजरायलबाट कब्जामा लिएका बन्धक छाड्ने र चार दिनका लागि अस्थायी युद्धविराम गर्ने दुई पक्षबीच सम्झौता भएको छ।
बीबीसीका अनुसार प्रारम्भिक चरणमा चार दिनसम्मको अस्थायी युद्धविरामको बदलामा महिला र बालबालिकासहित ५० बन्धक रिहा गरिने बताइएको छ।
उता हमासले भने यसको साटो इजरायलले पनि आफ्ना जेलमा राखेका १५० प्यालेस्टिनीलाई छाड्ने सहमति जनाएको बताएको छ।
84
Shares
प्रतिक्रिया