ad ad

ग्लोबल


युद्धविरामका लागि हमासले राखेका सर्त इजरायलद्वारा अस्वीकार

युद्धविरामका लागि हमासले राखेका सर्त इजरायलद्वारा अस्वीकार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु


नेपालखबर
माघ २५, २०८० बिहिबार ८:५४, काठमाडौँ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावित युद्धविराममा हमासको सर्त अस्वीकार गरेका छन्। 

बरु उनले गाजाविरुद्ध केही महिनाभित्रै ‘पूर्ण रूपमा’ विजय प्राप्त गर्ने दाबी गरेका छन्। 

युद्धविराम प्रस्तावको जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले हमासले धेरै माग राखेकाले पूरा गर्न नसकिने बताएका हुन्। 

उनले हमाससँगको वार्ता ‘कतै पनि प्रगति नभएको’ र समूहले गरिरहेका माग ‘अनौठा’ भएको टिप्पणी गरे। 

इजरायलले हमासको सर्तमा वार्ता गर्नेछ भन्ने विश्वास गरिएको थियो तर प्रधानमन्त्रीको यो भनाइले त्यो सम्भावना लगभग सकिएको बीबीसीले उल्लेख गरेको छ। 

तर युद्धविरामसम्बन्धी वार्ता जारी नै रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .