पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जर्दारी निर्वाचित भएका छन्। उनले आइतबार (आज) अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ खानेछन्।
पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफ अली जर्दारीलाई शपथ खुवाउनेछन्।
यसै साता प्रधानमन्त्री बनेका शहबाज सरिफले आसिफ अली जर्दारीलाई दोस्रोपटक पाकिस्तानको राष्ट्रपति बनेकामा बधाई दिएका छन्।
उनले पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु लोकतान्त्रिक मूल्य मान्यताको निरन्तरता भएको बताएका छन्।
पाकिस्तानको निर्वाचन आयोगले शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गरेको हो।
आयोगका अनुसार जर्दारीले ४११ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी महमूद खान अचकजाईले १८१ मत ल्याएका छन्।
216
Shares
प्रतिक्रिया