सोमबार राति नेपालका मानिस मस्त निद्रामा रहेका बेला विश्वको अर्को भागमा लाखौँ मानिस पूर्ण सूर्यग्रहण हेरिरहेका थिए।
यो सन् २०२४ को पहिलो सूर्यग्रहण थियो, जसलाई लाखौँ मानिसले हेरे।
नेपाल, भारतमा भने यो सूर्यग्रहण देखिएन।
मेक्सिको, अमेरिका र क्यानडाका लाखौँ मानिसले भने सूर्यग्रहण लागेको दृश्यको आनन्द लिएका छन्।
यो ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो। यो मेक्सिकोको तटबाट सुरु भयो र क्यानाडाको न्युफाउन्डल्यान्डमा समाप्त भयो। नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको थियो।
हेर्नुहोस् सूर्यग्रहण हेर्दाका रोचक केही तस्बिर-
48
Shares
प्रतिक्रिया