ad ad

ग्लोबल


झारखण्ड रेल दुर्घटना अपडेट : २ जनाको मृत्यु, ५ व्यक्ति घाइते

झारखण्ड रेल दुर्घटना अपडेट : २ जनाको मृत्यु, ५ व्यक्ति घाइते

दुर्घटनास्थल


नेपालखबर
साउन १५, २०८१ मंगलबार १०:२८, काठमाडौँ

भारतको झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान भएको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच व्यक्ति घाइते भएका छन्।

बीबीसी हिन्दीका अनुसार मुम्बई–हावडा मेल बडाबम्बुनजिकै बिहान ४:४५ बजे दुर्घटना भएको हो।

यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ।

एक वरिष्ठ रेल अधिकारीले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ।

हावडा-मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट उछिट्टिएर छेउमा रहेको मालगाडीसँग ठोक्किएको हो। 

लिकबाट डिब्बा उछिट्टिने रेलको नाम हावडा-सीएसएमटी एक्सप्रेस हो। जसको नम्बर १२८१० हो।

दक्षिण पूर्वी रेलवेका प्रवक्ता ओमप्रकाश चरणले भने- यो दुर्घटनास्थलअगाडि अर्को मालवाहक रेल लिकबाट पल्टेको छ तर दुवै दुर्घटना एकैसाथ भएको हो कि होइन भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .