ad ad

राजनीति


मन्त्रालयगत योजनाका विषयमा आज प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिने

मन्त्रालयगत योजनाका विषयमा आज प्रधानमन्त्रीले सचिवहरूलाई निर्देशन दिने

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०८१ मंगलबार १०:३०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन्।

मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा सचिवहरुलाई प्रधानमन्त्रीले निर्देशन दिने तयारी भएको उनको सचिवालयले जनाएको छ। 

बैठकमा उपप्रधानमन्त्री र मन्त्रीको पनि उपस्थिति रहनेछ। त्यसैगरी प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए। 

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .