ad ad

कर्णाली


प्रहरी निरीक्षक शाही कर्णालीकै सर्वोत्कृष्ट अनुसन्धानकर्ता

प्रहरी निरीक्षक शाही कर्णालीकै सर्वोत्कृष्ट अनुसन्धानकर्ता

नेपालखबर
असोज ३१, २०७९ सोमबार १६:१७, सुर्खेत

प्रहरी निरीक्षक कनकबहादुर शाही कर्णाली प्रदेशकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन्। ६७औं प्रहरी दिवसको अवसरमा कर्णालीमा मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई पुरस्कारसमेत प्रदान गरेका छन्। 

सल्यानमा रहेको इलाका प्रहरी कार्यालय थारमारेमा कार्यरत प्रहरी निरीक्षक शाहीलाई मुख्यमन्त्री शाहीले सोमबार प्रदेशकै सर्वोत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत प्रदान गरेका हुन्। 

 दैलेखको ठाटीकाँध गाउँपालिका–३ मा जन्मिएका २८ वर्षीया शाही अपराध अनुसन्धानका क्षेत्रमा निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्दै पुरस्कार प्रदान गरिएको हो। 

प्रहरी निरीक्षक शाही यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको अपराध अनुसन्धान शाखा प्रमुख भएर १ वर्ष काम गरेका थिए।  

शाहीले सल्यानमा सुन तौल र मूल्यमा कैफियत गरी ठगी गर्ने फरार प्रतिवादी भारतीय दुई नागरिक, एसिड प्रहार गरेर फरार भएका अभियुक्तलाई समात्न सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .