कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेकपा (एमाले)ले स्थानीय तह परिचालनमा पार्टी काम सम्बन्धि प्रदेशस्तरीय अभिमूखीकरण कार्यक्रम गरेको छ।
बिहीबार नेकपा एमाले कर्णाली प्रदेश कमिटी सुर्खेतको आयोजना र एमाले केन्द्रीय स्थानीय विकास विभागको सहजिकरणमा अभिमूखीकरण कार्यक्रम भएको हो।
उक्त कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले अभिमूखीकरण दिएका थिए।
उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि जिल्लाका अध्यक्षहरुले चलाउनु पर्ने बताए।
साथै उनले गत मंसिरमा भएको आम निर्वाचनमा उम्मेदवार दोहोरिएका नेताहरुले हार समेत व्यहोर्नुपरेको बताए।
दाहालले स्थानीय तह सञ्चालन निर्देशिका(२०७९ सम्बन्धमा सबै कमिटीहरुमा एउटै बुझाई निमार्ण गर्ने, निर्देशिकामा उल्लेखित कार्यविधि तथा कामको समान ढाँचा तय गर्ने, जिल्ला आधारित अभिमूखीकरण कार्यक्रम तथा वार्षिक कार्ययोजनाको खाका तय गर्ने, पार्टीको राजनैतिक कार्यदिशा, निर्देशिकाहरुका महत्त्वपूर्ण विषयहरुमा प्रशिक्षण दिएका थिए।
उक्त परिक्षण कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाबाट जिल्ला किमिटि पदाधिकारी, प्रदेश तथा केन्द्र स्तरका नेताहरूको प्रमुख आतिथ्यता र सहभागीता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले उद्घाटन सत्रमा बोल्दै पार्टीका कार्यक्रम मौसमि रूपमा नभई निरन्तर रूपमा गर्नुपर्ने बताए।
उनले भने, ञयस्ता अभिमूखीकरण कार्यक्रमलाई नियमित सञ्चालन गर्न सकेको समयमा पार्टी सुदृढीकरण हुने र नयाँ प्रतिफल प्राप्त गर्न सकिन्छ। त्यसपछि मात्रै नेकपा एमाले अरु पार्टीभन्दा अगाडि बढ्ने छ। देखिएका समस्या समाधान गर्न निर्णय गर्नेछ।
साथै कँडेलले अभिमूखीकरण पछि प्रत्येक जिल्लाका पार्टी जिल्ला इन्चार्ज र अध्यक्षको अगुवाईपछि स्थानीय तहमा समेत फरक परिणाम आउने बताए।
यस्तै, नेता कँडेलले पार्टी भित्र एक बर्षको परिमाण निराशाजनक आएको र अब पार्टीमा केही नयाँ देखिने गरि लाग्न सहभागीहरूलाई निर्देशन दिए।
Shares
प्रतिक्रिया