नेकपा एमाले कर्णालीको नवनिर्वाचित कमिटीका सदस्यहरूले शपथ ग्रहण गरेका छन्। सोमबार निर्वाचित भएका अध्यक्ष गुलाबजंग शाहलाई प्रदेश अधिवेशन निर्वाचन कमिटीका निर्वाचन प्रमुख मातृकाप्रसाद खनालले शपथ खुवाए।
लगत्तै अध्यक्ष शाहले अन्य पदाधिकारी तथा सदस्यलाई शपथ ग्रहण गराएका हुन्।
कर्णालीमा ५ पदाधिकारी र १२५ जना प्रदेश कमिटी सदस्य बनेको छ।
प्रदेश लेखा समिति अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यहरुले शपथ लिएका हुन्।
57
Shares
प्रतिक्रिया