ad ad

कर्णाली


कर्णालीमा सकियो मतदान, दिउँसो ३ बजेपछि गणना

कर्णालीमा सकियो मतदान, दिउँसो ३ बजेपछि गणना

नेपालखबर
माघ ११, २०८० बिहिबार १४:४, सुर्खेत

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ।

कर्णालीका ७९ पालिकाका १ सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभा सदस्य ४० जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए। 

मतदान सकिएसँगै दिउँसो ३ बजेपछि गणना सुरु गरिने उनले बताए।

कर्णालीबाट राष्ट्रिय सभाका ३ सिटका लागि दलित, महिला र अन्य गरी ६ उम्मेदवार छन्।

जसमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, नेकपा माओवादीका विष्णु विक र एकीकृत समाजवादीकी सावित्री मल्ल छन्।

प्रतिपक्षी एमालेबाट विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट र हिक्मत विक उम्मेदवार छन्।

नेकपा एमालेको भन्दा गठबन्धनको मतभार ३ गुणाले बढी छ। प्रदेशसभाका सदस्यहरूको मतभार २ हजार १ सय २० र पालिकाका जनप्रतिनिधिको २ हजार ९ सय ६४ गरी कूल ५ हजार ८४ मतभार छ।

जसमा ३ हजार ७७९ मतभार गठबन्धनसँग हुँदा एमालेसँग १ हजार १ सय ९५ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .