सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनमा परि दुई जनाको मृत्यु भएको छ।
पूर्व पश्चिम सडक खण्ड अन्तरगत सुनासरीको लौकहीमा सवारी साधनले ठक्कर दिदाँ नाम थर नखुलेकी एक जना महिलाको मृत्यु भएको छ।
ठक्कर दिने सवारीको पनि पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस्तै, उदयपुरको त्रियुगा नगरपालिकामा टेम्पु र मोटरसाइकल जुध्दा तुलसा दुलाल श्रेष्ठको मृत्यु भएको छ। सो दुर्घटनामा अटा्मा सवार पुनासरी विक गम्भिर घाइते भएकी छन्।
प्रतिक्रिया