क्याम्पस प्रशासन र निर्वाचन समितिले एमाले निकट अनेरास्ववियुलाई जिताउने गरी ‘सेटिङ’ गरेको भन्दै विराटनगर नर्सिङ क्याम्पसमा तालाबन्दी गरिएको छ।
नेविसंघले नर्सिङ क्याम्पसमा तालाबन्दी गरेसँगै स्ववियु निर्वाचन अनिश्चित बनेको छ।
नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेलले क्याम्पस प्रशासन र निर्वाचन समितिले मिलेमतो गरेर अनेरास्ववियुलाई जिताउने तयारी भएकाले क्याम्पसमा तालाबन्दी गर्नु परेको बताए।
पोखरेले अहिले कायम रहेको निर्वाचन समिति भंग गर्नुपर्ने आफूहरुको माग रहेको बताए। १८५ जना विद्यार्थी रहेको उक्त क्याम्पसको स्ववियु निर्वाचनका लागि अनेरास्ववियु र नेविसंघले उम्मेद्वारी दिएका थिए।
लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन चैत ५ गतेका लागि तोकिएको छ।
12
Shares
प्रतिक्रिया