मोरङको रतुवामाईमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ बंगुरको मासु घाँटीमा अड्किँदा रतुवामाई–९ का ४८ वर्षीय बेथुलाल माझीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पोलेर खाने क्रममा साँझ ५ बजेतिर माझीको घाँटीमा बंगुरको मासु अड्किएको थियो। माझीलाई आफन्त र परिवारका सदस्यले तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगेका थिए।
माझीको शुक्रबार साँझ ७ः५० बजेतिरमृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ। घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
168
Shares
प्रतिक्रिया