ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
गएराति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्।
घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए। रासस
36
Shares
प्रतिक्रिया