ad ad

कोशी


पाँचथरमा चट्याङले लागेर ५४ भेडा मरे, गोठाला घाइते

पाँचथरमा चट्याङले लागेर ५४ भेडा मरे, गोठाला घाइते

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८० आइतबार ६:१६, पाँचथर

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई शुक्रबार साँझ चट्याङले लागेको थियो। 

चट्याङले लागेर स्थानीय प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा पालेका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्। 

चट्याङले लागेर भेडाको रेखदेख गरिरहेका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ। उक्त गोठमा एक सय ३० भन्दा बढी भेडा थिए। भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .