मोरङको बूढीगंगास्थित राठी इन्डस्ट्रिजमा भीषण आगलागी भइरहेको छ।
बिजुलीका बल्ब र स्विच उत्पादन गर्ने उद्योगमा शुक्रबार बिहान २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले आगो नियन्त्रणका लागि मोरङ, सुनसरी र झापाका १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए।
आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
उक्त उद्योगका सञ्चालक राजेन्द्रकुमार राठी हुन्।
75
Shares
प्रतिक्रिया