वर्षासँगै आएको बाढीले पाँचथरमा ५ जना बेपत्ता भएका छन्।
पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरले दिएको जानकारीअनुसार बाढीले बगाएर ५ जना बेपत्ता भएका हुन्।
घटनास्थलमा रहेका उनले टेलिफोनमा नेपालखबरसँग भने, ‘अहिलेसम्म बेपत्ताको संख्या पाँच पुगेको छ, हामी विस्तृत विवरण लिँदै छौँ।’
साथै बाढीले पाँचथर र ताप्लेजुङ जोड्ने पक्की पुल र बेली ब्रिज दुवै बगाएको उनले बताए।
36
Shares
प्रतिक्रिया