ad ad

कोशी


कोशीमा अर्को सरकार नबन्दासम्म अहिलेकै मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

कोशीमा अर्को सरकार नबन्दासम्म अहिलेकै मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

फाइल तस्बिर


नेपालखबर
असार १५, २०८० शुक्रबार २१:५९, काठमाडौँ

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन्। 

प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा९३० बमोजिम सो जिम्मेवारी तोकेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ। 

नेपालको संविधानको धारा १६८ को उपधारा९२० बमोजिम मिति २०७९ साल पुस २४ गते नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा९२० बमोजिम २०८० साल असार १४ गते कोशी प्रदेशसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा९३० बमोजिम २०८० साल असार १५ गते पारित हुन नसकेको भत्रे व्यहोराको पत्र कोशी प्रदेशसभामुख बाबुराम गौतमले प्रदेश प्रमुख खापुङ्गलाई बुझाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .