ad ad

कोशी


कोशीमा सरकार विस्तार, दुई मन्त्रीले लिए शपथ

कोशीमा सरकार विस्तार, दुई मन्त्रीले लिए शपथ

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १९:४०, काठमाडौँ

कोशीका नवनियुक्त दुई मन्त्रीले शपथग्रहण गरेका छन्।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जबेगुले शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शुक्रबार साँझ शपथ लिएका हुन्। 

मुख्यमन्त्री केदार कार्कीले सत्ता गठबन्धनको निर्णय अुनसार उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।

उनीहरूको मन्त्रालय भने टुंगो लागिसकेको छैन। 

संविधानको धारा १६८ (५) अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सल्लाह बेगर मन्त्रिपरिषद् विस्तार गरेको भन्दै एमालेका नेताहरू असन्तुष्ट बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .