कोशी प्रदेश सभामा विनियोजन विधेयकमाथि सोमबार छलफल सुरु भएको छ।
बैठकको सुरूमा मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्ताव सर्वसम्मत पारित भएपछि छलफल सांसदहरूले छलफलमा भाग लिएका थिए। त्यस क्रममा प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी, खिनु लङ्वा लिम्बु, नारायणबहादुर मगर, विदुरकुमार लिंथेप, सिर्जना राई, कमला दर्नाल, रमेशकुमार बस्नेत, तिलचन पाठक, छविलाल चूडाल, पाँचकर्ण राई, गीतादेवी रेग्मी, राधाकृष्ण खनाल र जयप्रकाश चौधरीले धारणा राखेका थिए।
यस्तै, सोमबारको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधन सहित दफाबार छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको छ।
बैठकको अध्यक्षता प्रदेश सभा सदस्य हाजी इसराइल मन्सुरीले गरेका थिए।
Shares
प्रतिक्रिया