ad ad

कोशी


बाँकेमा डेढ करोड रुपैयाँसहित ८ जना पक्राउ

बाँकेमा डेढ करोड रुपैयाँसहित ८ जना पक्राउ

बरामद रकम र पक्राउ परेका मानिस।


नेपालखबर
चैत २, २०८० शुक्रबार ८:०, काठमाडौँ

बाँकेमा प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयले बिहीबार (चैत १ गते) सार्वजनिक गरेको विवरण अनुसार गत फागुन २७ र २८ गते गरी स्रोत नखुलेको १ करोड ५६ लाख २८ हजार ३ सय रुपैयाँ बरामद गरेको हो। 

जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर, नेपालगन्ज उपमहानगरपालिका–२, पुष्पलाल र नेपालगन्ज उपमहानगरपालिका–१ सानिमा बैंकनजिकबाट बरामद उक्त रकमसहित सो रकम कारोबारमा संलग्न आरोपमा प्रहरीले ८ व्यक्तिलाई पक्राउ गरेको हो। 

स्रोत नखुलेको रकम कारोबार गरिरहेको भन्ने विशेष सूचना पाएपछि खटिएको प्रहरी टोलीले स्रोत नखुलेको उल्लिखित रकमसहित दाङको तुलसीपुर उपमहानगरपालिका–९ ठेगाना भई नेपालगन्ज उपमहानगरपालिका–४, बस्ने वर्ष ४३ का कृष्णबहादुर विक, नेपालगन्ज उपमहानगरपालिका–१६ का ३५ वर्षीय रोहित क्षेत्री, भारतको बहराइच बस्ने वर्ष ४१ का राहुल जैसवाल,
नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने वर्ष ५० का सलिम जोलाह, सलिमकै छोरा वर्ष २८ का आसिप जोलाह, बर्दियाको राजापुर नगरपालिका–१ बस्ने वर्ष २० का अनुप थारु, बर्दियाको बारबर्दिया नगरपालिका–२ बस्ने वर्ष २५ की पूर्णिमा चौधरी, नेपालगन्ज उपमहानगरपालिका १६ का वर्ष ३६ का हसिब अहमद जसगढलाई पक्राउ गरेको हो। 

बरामद रकममा नेपाली नोटसहित र भारतीय नोट पनि छन्। रकमसहित आठै जनालाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको बाँके प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .