नेकपा एमाले कोशी प्रदेश अधिवेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्षका दुई उम्मेदवारबीच २० मतको अन्तर देखिएको छ।
प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाले अग्रता लिएका छन्।
खतिवडाले १ सय ४१ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार विनोद ढकालले १ सय २१ मत प्राप्त गरेका छन्।
यहाँ जम्मा ९ सय ७७ मत खसेको थियो। जसमध्ये २ सय ६२ मत गणना भइसकेको छ।
75
Shares
प्रतिक्रिया