प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर लुम्बिनी गुरुयोजना अघि बढाउन सरकार तत्पर रहेको बताएका छन्।
लुम्बिनीमा आज आयोजित २५६७औँ बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बृहत्तर गुरुयोजनामा रहेका ऐतिहासिक स्थलको संरक्षण र दिगो विकास गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अन्तर्राष्ट्रिय दातृ निकाय तथा संघसस्थाहरूको सहयोगमा कपिलवस्तु क्षेत्र, रामग्राम र देवदह क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उनले उल्लेख गरे। उनले सो क्षेत्रका बासिन्दालाई विकासको प्रत्याभूति दिलाउल भगीरथ प्रयत्न गरिने बताए।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीय व्यवस्थामा लुम्बिनी विकास कोषले प्रदेश सरकारलाई नचिनेको गुनासो गरे। उनले लुम्बिनीको विकासमा केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताए।
21
Shares
प्रतिक्रिया