लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज विश्वासको मत लिएका हुन्।
चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका थिए ।
विश्वासको मतको छलफलका क्रममा नेकपा एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको पत्र पढेर नसुनाएको भन्दै विरोध गरेका थिए।
त्यसपछि छलफलकै क्रममा प्रदेशसभा बैठक केहीबेर स्थगित भएको थियो।
21
Shares
प्रतिक्रिया