ad ad

मधेस


वीरगन्जमा कोइला बालेर कोठामा सुतेका २ मजदुरको निसासिएर मृत्यु

वीरगन्जमा कोइला बालेर कोठामा सुतेका २ मजदुरको निसासिएर मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
पुस २८, २०७९ बिहिबार ९:१२, सर्लाही

पर्सामा कोइला बालेर सुतेका दुई मजदुरको निसासिएर मृत्यु भएको छ।

वीरगन्ज महानगरपालिका–२२ जगरथानपुरस्थित त्रिपति ट्रेडिङ एन्ड सप्लायर्समा कार्यरत दुई मजदुरको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

मृत्यु हुने दुवै भारतीय नागरिक हुन्। भारत बिहारको मोतिहारी घर भएका २९ वर्षीय पवित्र गिरी र ३० वर्षीय मिथिलेश यादवको निसासिएर मृत्यु भएको हो।

कोइला डिपोको एकतले पक्की भवनको कोठामा झ्याल-ढोका बन्द गरी सुतेका उनीहरु बुधबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

बिहान १० बजेसम्म उनीहरु नउठेपछि ढोका फोडेर हेर्दा मृत फेला परेका गिरीले बताए। 

कोइला बालेर झ्याल ढोका बन्द गरी सुत्दा अक्सिजन कम भइ उनीहरुको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सकले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .