ad ad

मधेस


मधेश प्रदेश : एमालेले तत्काल सरकार नछोड्ने

मधेश प्रदेश : एमालेले तत्काल सरकार नछोड्ने

मधेश मन्त्रिपरिषद/फाइल फोटो


नेपालखबर
फागुन १५, २०७९ सोमबार १४:४०, जनकपुरधाम

संघ सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा एमाले तत्काल मधेश प्रदेशको सरकारबाट नबाहिरिने भएको छ। 

एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले पार्टीले संघ सरकारबाट बाहिरिने निर्णय गरेपनि तत्काल मधेश प्रदेशको सरकारमै रहने जानकारी दिए।

उनले तत्काल मधेश सरकारलाई समर्थन कायमै रहने बताए। पार्टीको निर्णयपछि मात्रै कुनै निर्णयमा पुग्ने उनको भनाई छ । 

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छन्। 

मधेश सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन्।

मधेशमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहेपनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए भने सर्वसम्मत विश्वासको मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .