बाराको कोल्हवीबाट प्रहरीले १ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ।
कोल्हवी नगरपालिका-५ सोनाभारस्थित जितेन्द्र चौधरीको घरबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस (कोल्हवी) ले बिहीबार उक्त परिमाणमा गाँजा बरामद गरेको हो।
विशेष सूचना पाएपछि गएको सशस्त्र प्रहरी बलको टोलीले चौधरीको घरमा लुकाइछिपाइ प्लास्टिकमा प्याक गरेर राखिएको १ सय ६८ किलोग्राम गाँजा बरामद गरेको हो। तर घरधनी जितेन्द्र भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय (कोल्हवी) मा बुझाइएको छ।
27
Shares
प्रतिक्रिया