ad ad

छापा खबर


प्रधानमन्त्रीको उपचार : डायलाइसिस कि मिर्गौला प्रत्यारोपण?

प्रधानमन्त्रीको उपचार : डायलाइसिस कि मिर्गौला प्रत्यारोपण?

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ०:५८,

मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन।

अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता निदे कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरुसँग परामर्श जारी राखेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्बाङले प्रधानमन्त्री ओलीको उपचार पद्धती टुंगो लागिनसकेको बताए।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएका छन्।

यद्यपी वृद्ध उमेरमा पुनः पत्यारोपण गर्नु चुनौतिपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन्।

‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरु विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्यो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरु राखेर डायलाइसिस गरिरहनु उचित हुनसक्छ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहका कुन्दन अर्यालले उपचार पद्धतीका विषयमा सबैतिर सरसल्लाह गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .