ad ad

छापा खबर


प्रहरीको ५१ करोडको ठेक्का रद्द हुने

प्रहरीको ५१ करोडको ठेक्का रद्द हुने

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ४:३२,

नेपाल प्रहरीले ०७६ साउन २६ मा चुस्ता, कटन सर्ट, कटन पाइन्ट, उलन सर्ट, डीएमएस बुट, उनल स्वीटरसहित १४ किसिमका सामान खरिदको लागि गरेको टेन्डर रद्द हुने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीले विगत २ वर्षयता गरेको ३ अर्ब रुपैयाँ बराबरका खरिदका सबै फाइल झिकाएर अनुसन्धान गरेपछि पछिल्लो पटक ५१ करोड बराबरको टेन्डर रद्द गर्ने निर्णयमा प्रहरीको प्रबन्ध निर्देशनालय पुगेको खबर आजको साँघु साप्ताहिकले छापेको छ।

स्रोतका अनुसार अख्तियारले २ वर्षअघिको फाइल समेत अनुसन्धान गर्न थालेपछि साउन २६ मा भएको टेन्टर रद्द गर्ने तयारीमा प्रहरीका प्रबन्धक अधिकारी पुगेका छन्।

प्रहरीले करिब ५१ करोडको बन्दोबस्तीका सामान खरिदका क्रममा २० करोडभन्दा बढी अनियमितता गर्न लागेको भन्ने उजुरी अख्तियारदेखि गृहमन्त्रालयमा पुगेको स्रोत बताउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .