ad ad

छापा खबर


सहिद परिवारका नाममा प्रदेश २ सरकारद्वारा दुहुनो भैँसी वितरणः पूर्वमन्त्रीले मुस्कुराउँदै भैँसी लगे, सहिद परिवार जिल्ल !

सहिद परिवारका नाममा प्रदेश २ सरकारद्वारा दुहुनो भैँसी वितरणः पूर्वमन्त्रीले मुस्कुराउँदै भैँसी लगे, सहिद परिवार जिल्ल !

नेपालखबर
असार १५, २०७६ आइतबार ०:३९,

प्रदेश २ सरकारले मधेश आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ।

सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेताका आफन्तसम्मको गोठमा पुगेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा लहानबाट मणिलाल विश्वकर्माले लेखेका छन्।

पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिद परिवारका नाममा आएको भैँसी पाएका छन्।

उनीहरुलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए।

मधेश आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए।

यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ। तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन्।

सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन्।

सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने भैँसी पाएका छैनन्।

पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन्।

सहिद विजयकुमार सहनीका बुबा लक्ष्मी सहनीले भने, ‘जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .