ad ad

छापा खबर


कुमार पौडेलका हत्या आरोपित आठ प्रहरी फिर्ता

कुमार पौडेलका हत्या आरोपित आठ प्रहरी फिर्ता

नेपालखबर
फागुन ५, २०७६ सोमबार ०:१७,

नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई फिर्ता बोलाएको छ।

मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी स्रोतले जानकारी दियो। संघीय प्रहरी इकाई कार्यालय धनुषाले उनीहरूसँग भएका पेस्तोललगायतका हतियार पनि फिर्ता लिएको छ।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए। उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए।

दोहोरो मुठभेडमा पौडेल मारिएको दाबी गरिए पनि राष्ट्रिय मानवअधिकार आयोगले गत मंसिर ३ मा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै घटना मुठभेडबाट नभई हत्या गरिएको जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .