जबर्जस्ती करणी गरेको अभियोगमा फरार रहेका तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जबर्जस्ती करणी भन्दै दाङकाे तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका शमीर वलीवरुद्ध मुद्दा दर्ता भएलगत्तै भागेका उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
वलीविरुद्ध आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।
वलीले १७ बर्षीया एक किशोरीलाई विवाह गर्ने आशा देखाएर करिब एक महिना आफूसँग राखेर यौन शोषण गरेका थिए।
त्यसपछि ती किशाेरीलाई वलीले कुटपिट गरी घर निकाला गरेका हुन्।
यस विषयमा प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएपछि उनी पक्राउ परेका हुन्।
3
Shares
प्रतिक्रिया