ad ad

राजनीति


७ अर्ब खर्चेर १७३ राेपनी क्षेत्रफलमा कस्तो बनाइदैछ संसद भवन?

७ अर्ब खर्चेर १७३ राेपनी क्षेत्रफलमा कस्तो बनाइदैछ संसद भवन?

नेपालखबर
फागुन ४, २०७६ आइतबार १७:२५,

सरकारले झन्डै ७ अर्ब रुपैयाँ लगानी गरेर सिंहदरबारस्थित पुतलीबगैचामा बनाइरहेको संघीय संसद भवनको आइतबार सभामुख अग्निप्रसाद सापकोटाले अवलोकन गरे।

शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल गेलालले सभामुख सापकोटालाई भवनको निर्माणकार्य र त्यससम्बन्धी पछिल्लो प्रगति विवरण जानकारी गराएका थिए।

ParliamentBuilding Agniनिर्माणाधिन संसद भवनको आइतबार अवलोकन गर्दै सभामुख अग्निप्रसाद सापकोटा।

‘गेलालले तीन-बर्षे गुरु योजना अन्तर्गत १७३ रोपनी क्षेत्रफलमा ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा बनिरहेको संसद भवन सम्पन्न हुन ३ बर्ष लाग्ने जानकारी दिनुभयो,’ सभामुखको सचिवालयले जनाएको छ। ‘उहाँले निर्माणको काम सन्तोषजनक रुपमा अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै तोकिएको समयअघि नै काम सकिने विश्वास व्यक्त गर्नुभयो।’

नयाँ बन्न लागेको संसद भवन परिसरमा माथिल्लो सदन र तल्लो सदनको बैठक हलहरु पहिलो तल्लामा राखिएको छ।

भवन परिसरमैं लवी, पुस्तकालय, लन्ज, अति विशिष्ट (भीभीआईपी) भवन, समितिको कार्यालय, सचिवालय भवन, चमेना गृह (क्यान्टिन), दलीय कार्यालय भवन, छपाई कारखाना, वेसमेन्ट पार्किङ/सुरक्षाकर्मी भवन, जमिनमाथिकाे पार्किङ, बगैँचा र पानीको फोहरा भएको संरचना र सुविधाहरु उपलब्ध हुनेछ।

ParliamentBuilding Map

२०६५ सालमा पहिलो संविधान सभा निर्वाचनबाट ६०१ सदस्यीय सभा गठन भएपछि निकै ठूलो संख्याको संविधान सभा तथा संसदका लागि ठूलो सभा हल तथा भवनको खोजीका क्रममा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद भवनको रुपमा रुपान्तरित गरिएको थियो।

नयाँ संविधानअनुसार संघीय संसदकाे आकार पहिलेभन्दा सानाे भए पनि संघीय संसद दुई सदनात्मक भएपछि राष्ट्रिय सभा र प्रतिनिधि सभालाई दुई छुट्टाछुट्टै हल, सचिवालय लगायतका थप संरचना र सुविधाहरू आवश्यक भएकाे हाे।

चीन सरकारको सहयोगमा निर्मित सोहि सम्मेलन केन्द्रलाई नै त्यसयता सरकारले वर्षेनि भाडामा लिएर संसद भवनको रुपमा प्रयोग गर्दै आएको छ।

त्यसअघिको सिंहदरबारस्थित पुरानो संसद भवन २०७२ को भुकम्पपछि थप जीर्ण अवस्थामा पुगेको छ।

ParliamentBuilding Agni 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .