कोरोना भाइरसको विस्तार रोक्न डाक्टर, वैज्ञानिक तथा शोधकर्ताले लगातार यो विषयमा जोड दिइरहेका छन् कि साबुन पानीले नियमित आफ्नो हात धुनुपर्छ।
तर कोभिड १९ बाट संक्रमित बिरामीको उपचार गरेपछि डाक्टरले आफ्नो हात कतिपटक धुनपर्छ? उनीहरू कुन कुरामा ध्यान दिन्छन् र यो बिरामीबाट आफूलाई कसरी सुरक्षित राख्छन्?
चीनको ग्लोबल टीभी नेवटर्कले ट्विटरमा यस विषयमा भिडियो सेयर गरेको छ, जसमा सबै प्रश्नको उत्तर दिइएको छ, यो खबर एजेन्सीलाई उधृत गर्दै आजको कारोबार दैनिकले छापेको छ।
भिडियोमा डाक्टर पहिले आफ्नो हात धुन्छिन् र फेरि जुत्ताको ढकनी निकाल्छिन्। उनी फेरि हात धुन्छिन् र पञ्जाको पहिलो पत्रि उतार्छिन् र फेरि हात धुन्छिन्।
यो सिलसिला लगातार चलिहरन्छ र मेडिकल गाउन फुकालेपछि उनी फेरि हात धुन्छिन्। यस किसिमबाट उनले ११ पटक हात धोएको देख्न सकिन्छ।
प्रतिक्रिया