कोभिड-१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासंघले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सकिने जनाएको छ।
महासंघकी अध्यक्ष भारती पाठकले विज्ञप्ति जारी गरि एक हजार ३९८ भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएकी हुन्।
महासंघको प्रदेश नम्बर १ मा १२४, प्रदेश नम्बर २ मा ५५, वाग्मती प्रदेशमा २६८, गण्डकी प्रदेशमा २१६, प्रदेश नम्बर ५ मा ३११, कर्णाली प्रदेशमा ८४, र सुदूरपश्चिम प्रदेशमा ३४० भवन छन्।
प्रतिक्रिया