ad ad

छापा खबर


झापामा पर्ने यो टापुका अढाई सय परिवार बाढीको त्रासमा

झापामा पर्ने यो टापुका अढाई सय परिवार बाढीको त्रासमा

नेपालखबर
असार ३०, २०७६ सोमबार २:४३,

झापाको भद्रपुर-३ मा पर्ने भाङबारीलाई मेचीपारिको गाउँ भनेर चिनिन्छ। यो गाउँ बर्खामा टापुमा परिणत हुन्छ।

नदी र जंगे पिलरले बाटो फेर्दा स्थानीय त्रसित हुन्छन्। अढाई सय घरपरिवार यसपटक त्रासमा छन्। मेची नदी उर्लिएपछि नेपालतिर सम्पर्क टुटेको छ।

चार दिनदेखि अविरल वर्षा भइरहेको छ। आउजाउ गर्न डुंगा चल्न सकेको छैन। पाँच वर्षअघि बनाउन थालेको झोलुंगे पुल अलपत्र छ। नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेका छन्।

भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएको छ। उतापट्टि बग्ने मेची नदीले पनि नेपालतिरै हान्न थालेको छ। त्यसले टापुलाई कटान गर्न थालेको खबर आजको अन्नपूर्ण पाेस्टमा राधा खनालले लेखेकी छन्। 

नदी किनारमा गएर नेपालतिर फर्किएर हेर्नुबाहेक अरू विकल्प नभएको स्थानीय डिगेन गणेशले बताए। उनी आफन्त भेट्न वारि आएका थिए। तर, नदी उर्लिएपछि डुंगा नचलेकाले फर्किन सकेका छैनन्।

‘कुन दिन हाम्रा बाबुबाजे यो टापुमा आएर बसे ’, उनले भने, ‘त्यसको सजाय हामीले भोगिरहेका छौं। तीन दिन भयो डुंगा पनि चलेको छैन।’ बिरामी भए उपचार नपाउने अवस्था रहेको उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .