ad ad

छापा खबर


कोरोनाबाट ज्यान बचाउन ‘अक्सिजन थेरापी’

कोरोनाबाट ज्यान बचाउन ‘अक्सिजन थेरापी’

नेपालखबर
असोज २७, २०७७ मंगलबार २:९,

मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहुँ बढ्दो छ।

सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन्। पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष आइसियुमा शड्ढया र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ।

यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

अक्सिजनको सुविधासहित तत्काल अस्थायी कोभिड–१९ उपचार केन्द्र स्थापना गर्न सकिए यो संकटलाई थप बिग्रनबाट जोगाउन सकिने विज्ञले बताएका छन्।

शुक्रराज तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले अक्सिजन सुविधासहित समुदाय स्तरमा तत्काल आइसोलन सेन्टर अथवा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिने बताए।

‘कोरोना भाइरसका कुल संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने तर्क गर्दै उनी भन्छन्, ‘भेन्टिलेटर र आइसियुको चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्छ।’

‘इन्टरनेसनल जर्नल अफ इन्फेक्सियस डिजिज’ को सेप्टेम्बरको अंकमा प्रकाशित एक अध्ययनका अनुसार मानिसको शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड–१९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ।

कोरोनाविरुद्ध प्रभावकारी एन्टिभाइरल थेरापी अथवा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ।

रोगको सुरुका चरणमा राति उपलब्ध गराइने अक्सिजन थेरापी धेरै उपयोगी हुने सो शोधपत्रमा उल्लेख छ। चीनका अस्पतालमा अक्सिजन थेरापीको व्यापक प्रयोग भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .