केकी अधिकारीलाई सुन्दरी र बौद्धिक नायिकाका रूपमा लिइन्छ।
हाउन फन्नी, घामपानी, ऐश्वर्या, मसान, रज्जा र रानीजस्ता दर्जन हाराहारीमा फिल्ममा अभिनय गरेकी नायिका अधिकारीसँगको अन्तर्वार्ता आजको नेपाल समाचारपत्रमा छापिएको छ। त्यसको थोरै अंश :
स्वास्थ्य र सौन्दर्यका लागि मासिक कति खर्च गर्नुहुन्छ ?
दैनिकजसो सुटिङकको काम हुने भएकाले मेकअप गर्दा अनुहारमा विभिन्न प्रकारका केमिकल परेको हुन्छ। जसलाई लामो समय राख्दा अनुहारलाई असर गर्छ।
मुख धुँदा मात्र त्यस्ता केमिकल नजाने भएकाले फ्रुट मसाज र फेसियलमा केही खर्च गर्छु। महिनाको १० देखि १५ हजारसम्म खर्च हुने गर्छ।
सौन्दर्य साधनकै लागि भनेर खासै खर्च गर्ने बानी छैन। बाहिरको सामान अथेन्टिक हुने भएकाले कार्यक्रमका लागि विदेश गएका बेला आवश्यक मेकअपका सामग्री उतैबाट खरिद गर्छु।
3
Shares
प्रतिक्रिया