ad ad

छापा खबर


खुम्चिँदै चारकोसे, मोरङ-सुनसरीमा ११ हजार हेक्टर घट्यो

खुम्चिँदै चारकोसे, मोरङ-सुनसरीमा ११ हजार हेक्टर घट्यो

नेपालखबर
साउन १९, २०७६ आइतबार २:६,

मोरङ-सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ ।

अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको हो ।

घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ। विराटनगरबाट विनोद भण्डारीले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले तीन दशकमा जंगल क्षेत्र करिब ११ हजार हेक्टर घटेको बताए ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दर हरैंचालगायत क्षेत्रमा घनाजंगल थियो ।

अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको बीचमा रहेको लेटाङ नगरपालिकाको बजार क्षेत्र सबै चारकोसेको जमिन हो । यहाँ वन अतिक्रमण गरेर बसोवास गर्ने परिवारको संख्या ३ हजारभन्दा बढी रहेको नगर प्रमुख शंकर राईले बताए ।

०२४ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा यता सरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .