गत वैशाख ३० गते सुनसरीको धरानमा देखिएको डेंगु अझै नियन्त्रण बाहिर छ।
बरु झन्डै तीन महिनाको अवधिमा धरानबाट मोरङको विराटनगर, झापा हुँदै ४३ जिल्लामा फैलिएको छ।
सरकारकाे पटकपटककाे प्रयास असफल हुँदा डेंगु नियन्त्रण बाहिर रहेकाे इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले जनाएकाे छ।
याे खबर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले यो खबर विस्तृत रूपमा लेखेका छन्।
यी हुन् डेंगु फैलिएका जिल्ला, कसमा कति जना छन् बिरामी ?
झापा २९, मोरङ ८१, सुनसरी ३, ०२५, भोजपुर ४, उदयपुर १, धनकुटा ५, इलाम २, ताप्लेजुङ २, संखुवासभा १, पाँचथर २, सप्तरी ४, सिरहा १, महोत्तरी ३, पर्सा ४, काभ्रे १, ललितपुर ३, भक्तपुर ३, काठमाडौं ६, धादिङ ५, मकवानपुर ८३, चितवन २३, नुवाकोट १, सिन्धुली १, तनहुँ १, पर्वत २, अर्घाखाँची ५, पाल्पा ७, नवलपरासी ११, रुपन्देही ५५, कपिलवस्तु ६, प्युठान २, दाङ २, बाँके ५, बर्दिया ३, सल्यान १, कैलाली ३, कञ्चनपुर २, डडेल्धुरा २, अछाम १ र दार्चुला ४
स्रोत ः इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
प्रतिक्रिया